Logo
Logo

म राष्ट्रपति बने जनताले दुःख पाउँदैनन्- सुवास नेम्वाङ


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफु राष्ट्रपति बने जनताले दु:ख नपाउने बताएका छन् ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा कुरा गर्दै उनले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका हुन् ।

नेता नेम्वाङले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाए ।

उनले भने– ‘अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।’

संविधानसभाका अध्यक्ष नेम्वाङले अर्काे प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्