Logo
Logo

जसपाको छानबिन समितिले प्रतिवेदन बुझायो, ८० जनामाथि कारवाही सिफारिस

निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान


756
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)द्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा एक कार्यक्रमबीच समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो । रबाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् । जसमध्ये ८० जनालाई कारवाहीको सिफारिस गरिएको छ ।

छानवीन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो । गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारवाहीको लागि सिफारिस गरिएको छ ।

शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्