
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पहेँलो धातु सुनको भाउ बढेको छ । आज छापावाल सुनको भाउ अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला एक लाख २ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज एक लाख २ हजार ८ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख २ हजार थियो ।
त्यस्तै आज चाँदीको भाउ अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार दुई सय ७५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।











