Logo
Logo

मदन भण्डारी हत्याबारे छानबिन गर्न माग गर्दा २१ जना मारियाे : ओली


2.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्या छानबिन गर्न माग गर्दा २१ जना मारिएको बताएका छन् ।

आइतबार सुखानी बलिदानको स्मृतिमा आयोजित ५०औं सहिद दिवसका अवसरमा एमालेद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त खुलासा गरेका हुन् ।

फाइल फोटो

अध्यक्ष ओलीले भने, ‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यसबारे हामीले छानबिन होस् भनेर माग गर्यौं । तर, त्यो माग गदा २१ जनालाई गोली हानेर हत्या गरियो ।’

अध्यक्ष ओलीले आयोग बनाएर छानबिन गरिदेऊभन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको बताए । बहुदल आएपछि पनि नेपाली कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मान्छे मार्ने गरेको उनले आरोप बताए ।

तत्कालीन पञ्चायत सरकारले वि.सं २०२९ साल २१ फागुनमा वामपन्थी आन्दोलनमा सहभागी पाँच जना नेताहरूलाई जेलबाट निकालेर झापाको सुखानी जंगल लगेर हत्या गरेको थियो । उक्त घटना सुखानी हत्या काण्डको रुपमा चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्