Logo
Logo

निर्वाचन क्षेत्र समिति गठन गर्दै रास्वपा


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ। हालै सातै प्रदेश समिति पनि गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागेको हो ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ती जारी गर्दै क्षेत्रमा पनि संगठन निर्माण गर्न लागेको बताए । रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्ने लागेको हो । समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने छ। अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्