काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोज उपाध्यायलाई श्रद्धाञ्जली दिएका छन् ।

उनले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मिनभवन, आलोकनगर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उपाध्यायको शव सोमबार दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो ।
शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो
उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उपाध्याय पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका कान्छा भइ हुन् ।










