Logo
Logo

उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपा बैठक बस्दै


1.2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुनेछ । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्