Logo
Logo

राष्ट्रपति निर्वाचन : मतदान सकियो, आजै परिणाम आउने


1.2k
Shares

काठमाडौं । राष्ट्रपति चयनका लागि अहिले संघीय संसद भवन नयाँ बानेश्वरमा जारी सकिएको छ । मतगणना चार बजेदेखि सुरु हुने र आजै मतपरिणाम आउने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा कार्यालयले ७ निर्णय गर्दै आजै परिणाम आउने जनाएको हो । मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफलपछि यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार दिउँसो ४ बजेदेखि मतगणना सुरु हुनेछ भने स्वस्तिक छाप नभएको मत बदर हुनेछ ।
सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुनेछ ।

मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक–एक जना गणना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने र मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने बैठकले निर्णय गरेको छ ।

बैठकमा सहभागी राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङका प्रतिनिधि महेश बर्तौला, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेल, राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलका प्रतिनिधि रमेश लेखकलगायको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्