काठमाडौं । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा मतगणना भइरहेको हो । मतगणना अहिले ४ बजेबाट सुरु भएको हो ।

बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम चलेको थियो । निर्वाचन अधिकृतको कार्यलयले विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने जनाएको छ ।
राष्ट्रपति पदका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेससहित १० दलले समर्थन जनाएका छन् भने नेम्बाङलाई आफ्नो पार्टी एमालेको मात्र समर्थन रहेको छ ।










