Logo
Logo

बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता


567
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत सङ मेयर बालेनको कार्यकक्षमा आएका हुन् ।

उनीहरूबीच आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी भएको महानगरले जनाएको छ । संघले काठमाडौंका सम्पदाहरूको निर्माण शैली चीनका सहरहरूमा प्रबर्द्धन गर्न चाहेको बताए । मेयर बालेनले दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्ने बताए ।

भेटवार्तामा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ स्टेसनलगायत सहरी व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

भेटमा व्यवस्थापन सल्लाहकार कुमार बेन (व्यञ्जनकार) सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्