Logo
Logo

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि… (फोटोफिचर)


2.1k
Shares

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि नेपाली कांग्रेसलगायत ९ दलका नेताले खुसीयाली मनाएका छन् । नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेलले राष्ट्रपतिको प्रमाणपत्र लिएपछि सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले अंकमाल गर्दै खुसीयाली मनाएका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लिएका थिए । सोक्रममा उनलाई प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेता र मतदाताले बधाई तथा शुभकामना दिँदै अंकमाल गरेका थिए ।

नौ दलीय गठबन्धनको समर्थनमा राष्ट्रपति बनेका पौडेलले एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै शीतल निवासको यात्रा तय गरेका हुन् । पौडेललाई अन्तिम समयमा आएर रास्वपाले समेत मतदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्