Logo
Logo

‘उपराष्ट्रपतिमा रामसहायप्रसादकै नाम दर्ता हुन्छ’


4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले रामसहायप्रसाद यादवलाई नै राष्ट्रपतिको उम्मेवार बनाउने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादवको नाम नै राष्ट्रपति उम्मेदवारका लागि दर्ता गर्ने बताएका हुन् ।

निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएपछि अध्यक्ष यादवले यस्तो प्रतिक्रिया दिएका हुन । आयोगले यसअघि आजै राष्ट्रपतिभन्दा फरक लिंग र समुदायकालाई मात्र उपराष्ट्रपतिको उम्मेदवार बनाउन निर्देशन दिएको हो ।

तर, अध्यक्ष यादवले भने राष्ट्रपति र उपराष्ट्रपति हुन फरक लिंग वा समुदायको व्यवस्था भएको भन्दै उपराष्ट्रपतिमा रामसहायप्रसादलाई उम्मेदवारी बनाउने बताएका छन् ।

उनले भने, ‘निर्वाचन आयोगले महिला अनिवार्य भनेको थाहा छैन । निर्वाचन आयोगको विज्ञप्तिमा पनि छैन । लिङग वा फरक समुदाय भनिएको छ । संविधान र निर्वाचन ऐनमा त्यहीँ छ । फरक लिंग वा समुदाय भनेको रामचन्द्र पौडेल र रामसायहप्रसाद यादव एउटै समुदाय होइनन् ।’

तर, निर्वाचन आयोगले भने उपराष्ट्रपति महिला उम्मेदवार हुनुपर्ने बताएका छन् । उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ भने ३ चैतमा निर्वाचन मिति तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्