Logo
Logo

उपराष्ट्रपतिमा जसपाबाटै दुई जनाको उम्मेदवारी दर्ता


11.6k
Shares

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । उपराष्ट्रपतिको लागि जसपाबाट रामसहाय यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

आज (शनिबार) विहान संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

रामसहायको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका रमेशजंग रायमाझी छन् । समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

यादवपछि प्रमिलाले पनि उम्मेदवारी दर्ता गराएका हुन् । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख दलबीच उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । तर राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय हुनुपर्ने संवैधानिक व्यवस्थाको व्याख्याका क्रममा फरक फरक धारणाहरु सार्वजनिक भएका छन् ।

कतिपयले राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने धारणा राखेका छन् । सोही कारण जसपाले राम सहाय यादव र प्रमिला कुमारी गरी महिला र पुरुष दुबै उम्मेदवार खडा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्