काठमाडौं । नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएका रामसहायप्रसाद यादवविरूद्ध उजुरी दिएको छ ।

एमालेले यादवविरूद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा उजुरी दिएको हो । यादवले संविधानको व्याख्या अनुसार महिला उम्मेदवार हुनुपर्ने भएकाले उनीविरूद्ध उजुरी दिएको एमालेका सांसद महेश बर्तौलाले बताए ।
जसपाले यादवविरूद्ध विरोध आउन सक्ने आशंका गर्दै उपराष्ट्रपतिका लागि प्रमिला यादवलाई पनि उम्मेदवार उठाएको छ । यदि रामसहायप्रसादले उम्मेदवारी रद्द भएमा प्रमिला उपराष्ट्रपतिको उम्मेदवार बन्नेछिन् ।
यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस–आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।











