Logo
Logo

मलेसिया रोजगारी अझै अन्योलमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ कात्तिक । १५ महिनासम्म रोकिएर खुलेको मलेसिया रोजगारी अझै पनि सुचारु हुनसकेको छैन । गएको भदौमा नेपाल र मलेसिया सरकारबीच सहमति भएपछि रोजगारी खुलेको थियो । तर सहमति भएको २ महिनासम्म पनि कामदारको मागसंख्या अति न्यून छ । सून्य लागतमा कामदार पठाउने भनेकाले रोजगारदाता कम्पनी र नेपालका म्यानपावरहरु दुवै पक्ष अलमलमा परेका छन् । रोजगारदाताले नै स्वास्थ्य उपचार, हवाईटिकटदेखि सबै लागत ब्यहोर्ने सम्झौता मलेसियाले २०७५ कात्तिक १२ मा गरेको छ । उक्त सम्झौता पालना गर्न मलेसिया पनि बाध्य छ । रोजगारदाता कम्पनीहरुले नेपालबाट स्वास्थ्य परीक्षणदेखि सबै प्रक्रिया पूरा गर्न प्रतिकामदार १ लाख ५० हजार रुपैयाँ बेहोर्नुपर्छ । अहिलेसम्म मलेसियाका रोजगारदता कम्पनीले यो खर्च बेहोर्नुपरेको थिएन । रोजगारदाता कम्पनीहरुलाई मलेसिया सरकारले नेपालबाट कामदार माग गर्दा लागत मूल्य बेहोर्नेपर्ने सवालमा बुझाउने क्रममै रहेकाले पनि बिलम्ब भएको ब्यवसायी बताउँछन् । त्यही भएर पनि डेढ महिनाको अवधिमा जम्मा २५ सय जनाको मात्र मागमात्र आएको छ ।

मलेसिया रोजगारीमा अन्योलताका कारण नेपालका म्यानपावर कम्पनीहरुले अति न्यून कामदारको माग मात्र ल्याएका छन् । मलेसियाबाट कामदारको माग नआउँदा ४ सय कामदारको माग ल्याउने म्यानपावरमा १० हजारको भीड लागेको छ ।

नेपाल र मलेसियाका सहसचिव स्तरीय कार्यदलमा सहमति भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको असोज पहिलो हप्तादेखि नै श्रम स्वीकृति दिन शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्