
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकारिता ग्रास रुटको डेमोक्रेसी भएको बताएका छन् ।
शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले सहकारी ग्रासरुटको डेमोक्रेसी भएको सहभागिता मूलक लोकतन्त्र भएको भन्दै यसले आममानिसको हितमा काम गर्नुपर्ने बताए ।
मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई नेपालको संविधानले पनि अगाडि सारेको भन्दै घर घरमा र विदेशमा छरिएका स–साना पूँजीहरुलाई एकीकृत गरी ठूलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा उनको जोड थियो ।
अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै अध्यक्ष नेपालले हालै मात्र सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको धारणा राखे ।











