काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले प्रतिनिधिसभाको शून्य समयमा मौनधारण गरेका छन् । सांसदहरुले बैठकमा उठाएका विषयलाई सरकारले नसुनेको भन्दै उनले त्यसको विरोधमा मौनधारण गरेका हुन् ।

शुक्रबार बसेको प्रतिनिधिसधा बैठकमा शून्य समयमा मौनधारण गरेपछि सांसद ढकालले भने, ‘सम्माननीय सभामुख महोदय, यो सरकारले हामी माननीयले बोलेको केही नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद ।’
प्रतिनिधिसभा नियमावलीअनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा सांसद ढकालले भने ‘सम्माननीय सभामुख महोदय, भन्दै मौन बसेका हुन् ।











