काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले निर्माण गर्ने विधेयकहरू राष्ट्रहितमा केन्द्रित हुने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले कानुन बनाउने कार्य संसद्ले नै गर्ने भएकाले अहिले नै कसैलाई फाइदा हुने गरि कानुन नबन्ने दाबी गरे । उनले सरकार विधेयकको मस्यौदा मात्र गर्ने, त्यसमा थप छलफल र समृद्ध बनाउने कार्य संसद्ले नै गर्ने बताए ।
संघीय संसद्मै सूचना प्रविधि सम्बन्धी विधेयक पेस हुने र यही छलफल गरेर पारित हुने दाबी गरेकी छन् । उनले सञ्चार सम्बन्धी विधेयक मन्त्रालयबाट नटुंगिने भन्दै ऐन मस्यौदा मात्र भएको दाबी गरे । उनले नयाँ मस्यौदा ऐनलाई राष्ट्रहितलाई केन्द्रमा राखेर हुने उनले दाबी गरे । उनले दूरसञ्चार विधेयकका विषयमा र दूरसञ्चार सेवा प्रदायक विधेयक निर्माण गर्दा पनि यो कुरा ध्यान दिइने बताए ।
उनले हुलाक, चलचित्र ऐन लगायत अन्य ऐनहरू पुरानो भएकाले ती कानुनलाई नयाँ प्रविधि र युग अनुसार बनाउनुपर्ने भएकाले सरकारले सम्बोधन गर्न खोजेको बताए ।











