जनकपुरधाम । क्लिनिकमा उपचार गराउन ल्याउँदा जलेश्वर कारागारका एक जना कैदी बन्दी फरार भएका छन् ।
महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लका अनुसार कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएका हुन् ।
जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो आएको बेला फरार भएका हुन् । कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार गराउन ल्याएका थिए ।











