Logo
Logo

ललितपुरमा घर भासिएपछि स्थानीय भागाभाग


20k
Shares

काठमाडौं । ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय भागाभाग भएका छन् । गए राति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग भएका हुन् ।

स्थानीयका अनुसार नक्सापास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि घर भासिन पुगेको हो । उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन् ।

उक्त निर्माणाधीन अपार्टमेन्ट वरपरका एक तलाजति घरहरू भासिएका छन् । डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयको भनाई छ ।

अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अरू कुनै पनि निकायबाट अनुमति नलिएको स्थानीयको जिकिर छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्