Logo
Logo

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


882
Shares

काठमाडौं । उदयपुरको गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आज(आइतबार) बिहान त्रियुगा नगरपालिका ११मा प्रदेश नं.१–०५–००१ प.६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ साउनेको ४३ वर्षीय तारिणी कुमार थापामगरको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्