Logo
Logo

एसईईमा नक्कली परीक्षार्थी खटाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ


567
Shares

धरान । नक्कली परीक्षार्थी खटाएर एसईई दिन लगाउने एक कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको आरोपमा धरानस्थित डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका हुन् ।

उनले ४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाएको पाइएको प्रहरीले जनाएको छ ।
एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सयजना नक्कली परीक्षार्थीलाई सुनसरी र मोरङका विभिन्न प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको प्रहरीले जनाएको छ ।

यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गराउने जिम्मा लिने सुनसरीका विभिन्न कन्सल्टेन्सी लिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोरङमा मात्रै चैत २२ र २३ गते २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्