Logo
Logo

ट्रकको ठक्करबाट एकजनाको मृत्युपछि गाईघाट बजारमा तनाव


315
Shares

उदयपुर । उदयपुरको गाईघाट बजारमा माल बहाक ट्रकले एक जनाको मृत्यु भएपछि बजार तनाव ग्रस्त बनेको छ । आईतबार बिहान मदन भण्डारी राजमार्ग मेनचोक अगाडी काठमाडौंबाट झापा जाँदै गरेको मे१ख २१८४ नं को मालबाहक ट्रकले साईडबाट बाटो क्रस गर्न लगेको प्र. १–०५–००१ प. ६१५९ नं को मोटरसाईकललाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट मोटरसाइकाल चालक त्रियुगा नगरपालीका १४ बस्ने बर्ष ४३ को तारणी मगरको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त दुर्घटनाप्रति आफन्तहरुले आपत्ति जनाउँदै गाईघाट बजार पूर्ण वन्द गर्नुका साथै आन्दोलन गरेका हुन् ।

उनीहरुले लाशको कुनै मुचुल्का र आफन्तको रोहबर बिनानै लाश उठाएको भन्दै आन्दोलन सुरु गरेको हो । उनिहरुले आफन्तहरु भएर पनि प्रहरी प्रशासनले आफुखुसी लास उठाई रहस्यमय घटना बनाउन खोजेको आरोप लगाएको छ । कानुनी प्रक्रिया विना लाश उठाएकोमा आपत्ति जनाउँदै यसको जवाफ देही प्रहरी प्रशासन आफै हुनु पर्ने समेत उनीहरुको भनाई छ ।

आन्दोलनकारीहरु ३ ओटा सवारी समेत तोडफोड गरेको छ । एउटा ट्रक एउटा बोलेरो र एउटा अटो टेम्पोमा आन्दोलनकारीहरुले क्षेती समेत पुर्याएको छ । मृतकको लाश भने जिल्ला हस्पिटलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्