Logo
Logo

बालेनसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीलाई गगनकाे आग्रह


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरवार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरवारर धाउनुपर्ने बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले सिंहदरवारको फोहोर नउठेको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

मेयर बालेन शाहले शनिबार संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले सिंहदरवारसहितको स्थानको फोहोर उठाउन छाडेको घटनालाई लिएर उनले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । यसका लागि प्रधानमन्त्री आफैँले तत्काल पहल गर्नुपर्ने सांसद थापाको माग छ ।

स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरु तयार रहेको भन्दै उनले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्