Logo
Logo

ढाका कुमारको दोस्रो अडियो बाहिरियो (संवादसहित)


2.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठ जोडिएको दोस्रो अडियो सार्वजनिक भएको छ । यसअघि आइतबार उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो ।

लगत्तै भोलिपल्ट सोमबार सार्वजनिक दोस्रो अडियोमा आफुलाई सांसद श्रेष्ठका भाइ बताउने व्यक्ति र मेडिकल व्यवसायी प्रसाईंबीच फोन संवाद भएको छ । ती व्यक्तिले दाई (ढाकाकुमार)ले भेट्न खोजेको भन्दै प्रसाईंसँग समय मागेका छन् ।

दुर्गा प्रसाईं र सांसद ढाकाकुमारका श्रेष्ठका भाइ भनिएका व्यक्तिबीच भएको कुराकानीः

दुर्गा प्रसाईं : तपाईं डा. ढाकाकुमा श्रेष्ठको भाइ ?

फोनमा बोल्ने व्यक्ति : हजुर ।

दुर्गा प्रसाईं : भन्नु त सर के कुरा हो ?

फोनमा बोल्ने व्यक्ति : दाइलाई पार्टीले कारबाही गर्ने भयो । साधारण सदस्य पनि नहरने, सांसद पद पनि जाने भयो क्यारे ।

दुर्गा प्रसाईं : मैले के गर्दा हुन्छ ?… ढाकाकुमारको के गल्ती छ र ? माग्ने मान्छेको पो गल्ती हो त ? कुरा बुझ्नुभएन, भाइ ?

फोनमा बोल्ने व्यक्ति : त्यही त दाइलाई फसाए क्यार, त्यति सोझो मान्छेलाई । अब के गर्ने त, हजुरले बुझिदिनुप¥यो यो कुरालाई ।

दुर्गा प्रसाईं : अब मैले के गर्नुप¥यो त अब भन्नु न । म सहयोग गरिहाल्छु नि !

फोनमा बोल्ने व्यक्ति : एकचोटि दाइले भेट्न खोज्नुभएको थियो, हजुरलाई । हजुर कता हुनुहुन्छ होला ?

दुर्गा प्रसाईं : म आज वीरगन्जको कार्यक्रममा छु । मलाई भरे बेलुका भेट्न भन्नु न त ल ।

फोनमा बोल्ने व्यक्ति : वीरगन्जको कहाँ हुनुहुन्छ ?

दुर्गा प्रसाईं : अहिले म कार्यक्रममा आइरहेको छु नि त । बैंक, लघुवित्त र सहकारीले सिध्याइहाल्यो । रवि लामिछानेहरू अब लुट्न गएका छन् त्यहाँ…। मलाई एउटा कुरा चित्त नबुझेको क्या, सांसद बनाउँदा पनि पैसा लिने, मन्त्री हुँदा पनि पैसा लिने । यो त भएन नि, पार्टी अध्यक्षहरूको ।

फोनमा बोल्ने व्यक्ति : यो त खै ! अब दाइहरूको यो के हो बुझ्दिनँ क्यार । त्यही त, दाइले एकपटक कुरा गर् न त भन्नुभएको थियो क्यार ।

त्यत्तिकैमा फोन संवादको अडियो सकिन्छ । तर, त्यसपछि देउजाले अर्को रोचक भिडियो भिडियो फुटेज सार्वजनिक गर्छन् । देउजाका अनुसार उक्त भिडियो फुटेजमा देखिएका व्यक्ति दुर्गा प्रसाईंका सहयोगी यदु गौतम हुन् । गौतमलाई सांसद ढाकाकुमार आफैँले फोन गरेको दाबी देउजाको छ ।

दुर्गा प्रसाईंका सहयोगी भनिएका यदु गौतम र सांसद ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिबीचकाे संवाद

यदु गौतम : यो कुरा फेरि यदुजीलाई भन्नुभएको छ भनेर भनेर पनि नभन्नुहोला के यार । किनभने तपाईं माननीय हो नि त यार । मैलै सम्मान गर्नुपर्‍यो नि । रविजीलाई मैले चितवनमा भेट्न खोजेको थिएँ । दुर्गा दाइ र रवीजी मिलेपछि यो देश आफ्नो बनाउन सकिन्छ भनेर भनेको थिएँ…. । तर, उहाँले खासै चासो लिनुभएन…. ।

सार्वजनिक भिडियोमा यदु गौतम भनिएका व्यक्तिले लाउड स्पिकर अफ गरेर कुराकानी गरिरहेको देखिन्छ । उताबाट ढाकाराम श्रेष्ठ भनिएका व्यक्ति बोल्न थालेपछि भिडियो कैद गरिरहेका व्यक्तिले मोबाइलको लाउड स्पिकर अन गर्छन् ।

त्यसपछि फोनमा सांसद ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले भन्छन् : …दुर्गा प्रसाईंजीले त्यो अडियोको बारेमा केही बोलिदिनुभयो भने केही पोजिटिभ मेसेज जान्थ्यो अनि सजिलो हुन्थ्यो भन्ने कुरा मेरो हो । तपाईंले केही प्रयास गर्नुहुन्थ्यो भन्ने के सर । यो कुरा बढाएर…के फाइदा उहाँलाई ।

यदु गौतम : अब फाइदा, घाटा भन्दा पनि अब । त्यो विषयमा भरे सल्लाह गरौँला सर । अहिले फोन राखेँ ।

प्रतिक्रिया दिनुहोस्