
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलन गर्दैछन् ।
देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन उनले आज (सोमबार) दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएका हुन् । पत्रकार सम्मेलनमार्फत उनले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।
पछिल्लो समय बैंक तथा लघुबित्तप्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक बृदीदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतका समस्या बढ्दै गएको छ ।











