Logo
Logo

सरकारको सम्पूर्ण ध्यान अर्थतन्त्र सुधारमा छ : प्रधानमन्त्री


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको सम्पूर्ण ध्यान अर्थतन्त्र सुधारमा रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आफुले नेतृत्व गरेदेखिनै सरकारको सम्पूर्ण ताकत संकटमा रहेको अर्थतन्त्रलाई सुधार गर्नमा रहेको बताएका हुन् ।

सरकार बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको समेत तबाए ।

‘हामी अहिले बजेट बनाउने अन्तिम चरणमा छौं । अहिलेका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको छ । अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ,’ उनले भने ।

तरलता, राजस्व र रेमिट्यान्समा सुधार ल्याउन सरकारले प्रयास गरेको पनि उनले बताए । ब्याजदर कम गर्नेबारे, राजस्व संकलन बढाउनेबारे सरकारका निकायहरुसँग घनिभूत छलफलमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्