Logo
Logo

चक्रे मिलनका सहयोगी ‘एके ४७’सहित पक्राउ


9.1k
Shares

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन का एकजना सहयोगी ‘एके ४७’ सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका, नोवस्ताका गणेशबहादुर बोगटी रहेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार उनको साथमा रहेको घातक हतियार समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । उनले सो हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो ।

चक्रे मिलन नेकपा एमालेमा छन् । उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्