Logo
Logo

व्यापारमा भन्दा उत्पादनमुलक उद्योगमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीको आग्रह


315
Shares

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीहरूसँग आग्रह गरेका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

मन्त्री महतले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको पनि बताए । उनले भने, ‘सरकारका पनि कमीकमजोरीहरू रहेका छन् । सरकारले समयमा नै खर्च गर्नसकेको छैन । त्यो स्वीकार गर्नुपर्छ। समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ। राजनीतिक, निजी क्षेत्र र कर्मचारीतन्त्रमा समेत समस्या छ ।’

निजी क्षेत्र व्यापारमा मत्रै केन्द्रित भइरहेको र अब लगानीतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘सरकारको प्रभावकारिता बढ्न जरुरी छ । पारदर्शिता बढाउन जरुरी छ । निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ। अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ ।’

अर्थमन्त्री महतले सरकारले लगानीको वातावरण सहज बनाउनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू अघि सार्ने बताए।

प्रतिक्रिया दिनुहोस्