Logo
Logo

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आचार्यलाई सोमबार प्रेस सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा सर्माले जानकारी दिईन् ।

आचार्य यसअघि २०७३ मा दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि प्रेस सल्लाहकार थिए । आचार्य न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्षसमेत हुन् ।

यस्तै, आयाति र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने पनि निर्णय गरेको उनले जानकारी दिईन् ।

यस्तै, काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने पनि आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्