Logo
Logo

नेपालका बैंकहरूको अवस्था सुरक्षित छः गभर्नर अधिकारी


189
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् ।

मंगलबार केन्द्रीय बैंकद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका हुन् ।

राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय सूचक सुधारात्मक हुँदै गरेको र यसले बैंक तथा वित्तीय संस्था छोटो समयमा तरलताकै कारण समस्यामा नआउने उनको भनाइ छ ।

उनले राष्ट्र बैंकले तरलताका सम्बन्धमा गरेका नीतिगत व्यवस्थाले छोटो समयमा तरलताकै कारण बैंक वित्तीय संस्था समस्यामा नपर्ने बताए । ‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ, सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्याङ्कहरु पनि बलिया छन्’, उनले भने ।

त्यस्तै गभर्नर अधिकारीले बैंकको ब्याजदर राष्ट्र बैंकले निधारण गर्ने नभई बजारले नै निर्धारण गर्ने बताए । तरलताको प्रभाव ब्याजदरमा पर्ने बताउँदै उनले वित्तीय बजारमा तरलता सहज हुँदा ब्याजदर घट्ने र तरलतामा चाप भए ब्याजदर बढ्ने तथा राष्ट्र बैंक नियमक मात्रै रहेकाले सोहीअनुसार ब्याजदर घटबढ हुने बताए ।

पछिल्लो समय तरलतालगायत वित्तीय सूचक सहज हुँदै गएकाले बजारमा उपलब्ध हुने तरलता र ऋणको जोखिम हेरेर बैंकहरूले नै ब्याजदर निर्धारण गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्