Logo
Logo

कोरोनाबाट एक जनाको मृत्यु, १२१ जना संक्रमित


630
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमित पुनः बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, कोरोना भाइरस संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । मंगलबार पनि संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । संक्रमित बढ्न थालेसँगै मृत्यु समेत हुन थालेको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्