Logo
Logo

स्वर्णिमलाई सुरेन्द्रको प्रश्न- कति पैसा बुझाएर टिकट लिनुभयो ?


3.8k
Shares

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले स्वर्णिम वाग्लेको कांग्रेसलाई आवश्यकता नपर्ने बताएका छन् । पार्टीमा योगदान नै नभएको व्यक्तिले पार्टी छाडेको बिषयलाई ‘हाइलाइट’ गर्नु आवश्यक नरहेको समेत उनले बताए ।

बुधबार गोरखामा पत्रकारहरुसँग कुरकानी गर्दै नेता पाण्डेले भने, ‘उहाँ बुढानीलकण्ठ स्कुलबाट एसएलसी दिनेबित्तिकै विदेश जानुभयो, उतै जागिर खानुभयो । हाम्रै नेतृत्वले ल्याएर योजना आयोगमा अवसर दियो, त्यसपछि मात्र तपाईं हामीले उहाँलाई चिनेको हो, पार्टीमा आजसम्म उहाँको केही देन छैन ।’

नेता पाण्डले वाग्ले निर्वाचनसम्म विदेशमा रहेको र टिकट पाउने आशमा नेपाल आएको तर नपाएपछि पुनः उतै फर्किएको पाण्डेले बताए । कांग्रेसमा पैसा तिरेमात्र अवसर पाइने भन्ने वाग्लेको आरोप गलत उनको भनाइ छ । उनले भने, ‘उहाँ कति पैसा तिरेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो, त्यो जनताको अगाडि भन्नुप¥यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न रवि लामिछानेको कोर टिमका मान्छेले २ करोड रुपैयाँ मागेको भनी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो सार्वजनिक भएको प्रति उनले भने, ‘उहाँ कति पैसा बुझाएर टिकट लिन जानुभयो त्यो पनि भन्दिनुप¥यो ।’

हालैमात्र कांग्रेस छाडेका स्वर्णिम वाग्ले १० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवार बनेका छन् । तर, वाग्लेका कारण तनहुँ कांग्रेसमा बिचलन नआउने पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्