Logo
Logo

एफएनसीसीआई जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र पक्षका सुरकृष्ण वैद्य विजयी


504
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य निर्वार्चित भएका छन् ।

त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर निर्वाचित भएका हुन् । जिल्लाबाट निर्वाचन लड्न सदस्यको प्यानल बनाउन नसकेपनि उपाध्यक्ष पदमा वैद्य निर्वाचित भएका हुन् ।

यस्तै, अरुणराज सुमार्गीले ३७ तथा दिनेश श्रेष्ठले ३४ मत ल्याए । दिनेश श्रेष्ठ अहिलेको जिल्ला नगर उपाध्यक्ष हुन् । उनी लगातार तीन कार्यकालसम्म जिल्ला नगर उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको लागि त्रिपक्षीय प्रतिस्पर्धा छ । वस्तुगतमा उमेश प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्