Logo
Logo

हाई प्रोफाइल भ्रष्टाचारविरूद्ध युवा संघको प्रदर्शन


1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघले बिहीबार राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ । हाई प्रोफाइल भ्रष्टाचारविरूद्ध आन्दोलन नामक उक्त प्रदर्शनमा सहभागी भएकाहरूले विभिन्न नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए ।

माइतीघरमा भएको प्रदर्शनमा सहभागीले पत्र-पत्रिकामा छापिएका समाचार र कार्टुनहरू पनि बोकेका थिए । उनीहरुले बोकेको प्लेकार्डमा भ्रष्टाचार नियन्त्रण गरे, बढ्दो महङ्गी नियन्त्रण गर, कालो बजारी अन्त्य गर, सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गर जस्ता नाराहरु लेखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्