Logo
Logo

पहिचानको आन्दोलन फासफुस हुने खालको होइन : प्रेम यक्तेन


693
Shares

काठमाडौं । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पहिचानको आन्दोलन फसफुस हुने खालको नभई भन्दै आफूहरुले ज्यान दिन तयार रहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघ (निफिन)द्वारा कोशी नामाकरण खारेजी र पहिचानको आधारमा पुन नामाकरण अभियानबारे अन्तरक्रियात्मक भर्चुअल कार्यक्रममा अध्यक्ष येक्तेनले यस्तो बताएका हुन् ।

‘हामी ज्यान दिन तयार छौँ । तर पहिचानको लडाई फासफुस हुने खालको होईन । विरोधीहरुले अहिले हल्ला फिजाईरहेका छन्’, अध्यक्ष येक्तेनले भने, ‘पहिचानको आन्दोलन फाफुस हुने खालको आन्दोलन भन्दै हिडेका छन् । म चुनौती दिन चाहन्छु । हामी निरन्त लड्ने छौँ तर, पछि हट्दैनौँ । साथीहरु तयार हुनुहोस् अव निर्णाय लडाइ लड्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्