Logo
Logo

वैशाख १ मा मात्र फूल्ने सलहेश फूल हेर्नेकाे भीड


2.7k
Shares

सिरहा । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ ।

लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा भएका हुन् । राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु बिहानैदेखि आउने गरेका छन् ।

राजा सलहेश र उनकी पे्रमिका मालिनीको प्रेम प्रतिकका रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएको फुलबारीको मध्यभागमा हारमको एउटै रुखमा दुईवटा हाङ्गामा पुस्तौ पुस्तादेखि प्रत्येक वर्षको १ वैशाखमा एक जोडी माला देखिने गरेको जनविश्वास छ ।

ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्