Logo
Logo

म सन्यासी हुँ : गृहमन्त्री


3.7k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित सामूहिक धम्मपूजा कार्यक्रममा बोल्दै उनले अहिले भइरहेको प्रदुषित राजनीति सफा गर्न आवश्यक रहेको बताएका हुन् ।

राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन हुन ठूलो महत्वको बिषय भएको बताउँदै उनले भने, ‘राजनीतिक र व्यवस्था परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातर्फ लैजाने हो भने यो राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तित्वले नेतृत्व गर्नुपर्छ । र प्रदुषित राजनीतिलाई सफा गर्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले आफूलाई राजनीतिक सन्यासीकाे संज्ञा दिँदै आफ्नो नाममा घर जग्गा केही नभएको बताए । ‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो । राजनीतिक गर्नेहरु सन्यासी हुनुपर्यो’ उनले भने, ‘म पनि सन्यासी हुँ । मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु । मेरो कुनै आफ्नो जमिन छैन । घर र व्यक्तिगत सम्पत्ति छैन । तपाइँलाई थाहा छ म विवाहित पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्