Logo
Logo

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ


882
Shares

उदयपुर । एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीरबहादुर राई र ६६ वर्षीय खड्गबहादुर राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकलाई आफ्नै घरमा बोलाई खम्बीरले मंगलबार र खड्गबहादुरले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्