काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभाका सांसद नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन् ।

नवनियुक्त राज्यमन्त्री चपाईलाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । उक्त मन्त्रालयमा नेकपा एकीकृत समाजवादीकै प्रकाश ज्वालामन्त्री छन् ।











