Logo
Logo

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृत


504
Shares

काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गरिने भएको छ । । वैशाख १० गते बारा २ , तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएको हाे ।

फाईल तस्विर : सांकेतिक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको हो । राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ ।’

वैशाख १० गते हुने उपनिर्वाचनमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्