Logo
Logo

सभामुखसहित प्रमुख ३ दलका शीर्ष नेताबीच छलफल जारी


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालकोटमा भेटवार्ता भइरहेको छ ।

संसद्मा विचाराधीन रहेको टीआरसी विधेयकमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

केहि दिनयता ओली अस्वस्थ रहेकाले छलफलका लागि सभामुख, प्रधानमन्त्री, देउवासहित दलका प्रमुख सचेतक उनकै निवास पुगेका हुन् ।

उनीहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्