
सुर्खेत । भीमदत्त नगरपालिका–१३ स्थित महाकाली नदी किनारमा एक जना मजदुरको शव फेला परेको छ ।
निर्माणाधीन चार लेन पक्की पुलको दक्षिणतर्फको नदी किनारमा भीमदत्त नगरपालिका–१२ घर भएका ६५ वर्षीय रामस्वरुप सुनारको शव भेटिएको हो ।
महाकालीमा बालुवा छपानको काम गर्दै आइरहेका सुनारको शव आज बुधबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनको मृत्युको कारण खेल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।











