काठमाडौं । शिक्षण अस्पतालले १०औं पटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । मंगलबार अस्पतालले श्रीमतीले श्रीमान्लाई दान गरेको सफल कलेजो प्रत्यारोपण गरेको हो ।
यसअघि ९ जनाले अस्पतालबाट कलेजो प्रत्यारोपण सेवा लिइसकेको विज्ञ डा रमेश सिंह भण्डारीले जानकारी दिए ।
डा भण्डारीका अनुसार उनीहरु दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।











