Logo
Logo

राष्ट्रिय परिचयपत्र प्रणालीसम्बन्धी कार्यविधि खारेज


1.3k
Shares

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली बिपरित भएकाले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको स्पष्ट पारेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक खरिद नियमावली र राष्ट्रिय हित विपरित देखिएकाले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तबरले नागरिकको विवरण प्रमाणीकरणसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरिएको जानकारी दिए ।

निजी कम्पनीलाई नागरिकको डाटाको पहुँच दिने काम उचित नभएको यस बिषयमा छानविन समितिले थप निष्कर्ष निकाल्ने उनको भनाइ छ । त्यस्तै उनले प्रधानमन्त्रीको भारत भ्रमणको मिति अहिलेसम्म तय नभएको जानकारी दिए । भारत भ्रमणका लागि छलफलको विषय प्राथमिकीकरण नभएसकेपनि भ्रमणमा दुई देशीय हित, सीमासम्बन्धी बिषयमा स्वभाविक रुपमा छलफल हुने उनले बताए । त्यस्तै प्रवक्ता शर्माले मिटरव्याजीहरुको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको भन्दै यससम्बन्धी समस्या समाधानका लागि केहि नेपाल ऐन सशोधनको तयारी भइरहेको जानकारी दिए ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले राष्ट्रिय सतर्कता केनद्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिने, लेखा परिक्षणमान बोर्डको सदस्यमा चार्टड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै सार्वजनिक संस्था सुझाव अवधारणा पत्र स्वीकृत गरि शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्य सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले नेपाल भारत पेट्रोलियम तथा ग्यास सम्बन्धी संयुक्त कार्यसमूहको सहसचिवस्तर बैठक बैशाख १२ गते गर्ने निर्णय गरेको छ भने काठमाडौं तराई मधेश द्रूतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्