Logo
Logo

प्रहरीले पक्राउ गरेका सैनिकको रहस्यमय मृत्यु, चितवनमा तनाव


- दृष्टि न्युज/संवाददाता


चितवन, १ मंसिर ।
प्रहरीले नियन्त्रणमा लिएका एक सैनिको रहस्यमय मृत्य भएको छ ।


इच्छाकामाना गाउँपालिका–५ मुग्लिन बजारका युवा राम कँडेललाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएर फिस्लिङ चौकीमा राखेको थियो । हो हल्ला र झगडा गरेको भनेर नियन्त्रणमा लिइएको युवकको केही बेरपछि मृत्यु भएको भन्ने खबर आएपछि स्थानीय आक्रोशित भएका हुन् । महिलालाई दुव्र्यबहार गरेको आरोपमा उनी पक्राउ परो थएि ।
इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार नियन्त्रणमा लिएर कार्यालयमा राखेपछि त्यहाँका प्रहरी हवल्दार बाहिर निस्केका बेला ती युवक दौडेर भिरबाट हाम्फालेका थिए । त्यसैका कारण युवकको निधन भएको प्रहरीको भनाइ छ । तर, स्थानीयले प्रहरीको भनाई विश्वास गरेका छैनन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तमाङले घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको हुँदा विस्तृत विवरण पछि आउने बताए । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) एकनारायण कोइरालाको नेतृत्वमा एउटा टोली घटनास्थल फिस्लिङ पुगेको छ ।
प्रहरीले हत्या गरेको भन्दै स्थानीयले पृथ्वी राजमार्ग समेत अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्