Logo
Logo

कम्युनिष्ट पार्टीबीच एकताकाे सम्भावना छ : प्रधानमन्त्री


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा डोर्याउने प्रयास सफल नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले कम्युनिष्टहरुले ल्याएको दुईतिहाई बहुमत बचाउन नसक्नु जिम्मेवारी सबैले लिनुपर्नेसमेत बताए ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नरबहादुर स्मृति प्रतिष्ठानले शनिार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई बोल्दै उनले अहिले कम्युनिष्टहरुको समूह धेरै भएपनि जनतामा लोकप्रिय कम्युनिष्ट पार्टी नै रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अझै कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना रहेको छ । त्यसैले कम्युनिष्ट पार्टीलाई एउटा मुख्य शक्ति बनाउने प्रयासमा भइरहेको छ र सकारात्मक प्रगति भइरहेको छ ।’ उनले यो अवसरमा सबैले एकता र सहकार्यका लागि नयाँ संकल्प लिनुपर्ने बताए ।

उनले विचार र सिद्धान्तका आधारमा समाजलाई अगाडि बढाइएन भने समाज खतरामा जान सक्ने धारणा राख्दै भने, ‘यो कुरा पार्टीमा मात्र होइन, अहिले मिडियामा पनि त्यस्तै देखिएको बताउँदै आएको छु ।’ प्रधानमन्त्री प्रचण्डले सोशल मिडिया र युट्युवहरु मुलधारमा आउन लागेको तर त्यसले राम्रो संकेत नदिएको पनि बताए ।

कम्युनिष्ट पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनको संस्कृतिलाई जोगाउँदै यसलाई पाँच वर्ष नै टिकाउने बताए । साथै, स्व.नरबहादुर कर्मचार्यसँगको सहकार्य स्मरण गर्दै उनीसँग एउटै परिवारजस्तो भएर ६ वर्षसम्म बसेको बताए ।

प्रतिक्रिया दिनुहोस्