
काठमाडौं । भुजेल उपत्यका समन्वय समितिको अध्यक्षमा ध्रुव भुजेल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न समितिको नवौं अधिवेशनले भुजेलको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा सुष्मा घर्ती, उपाध्यक्ष रोहित भुजेल, सचिव रत्न बहादुर भुजेल, सह-सचिव सावित्रा भुजेल, कोषाध्यक्ष- टेक बहादुर भुजेल, सह- कोषाध्यक्ष अनिल कुमार भुजेल चयन भएका छन् ।
सदस्यहरुमा देवी माया भुजेल, राम बहादुर भुजेल, अनोज भुजेल, विमला भुजेल, हरि बहादुर भुजेल, निर्मल भुजेल, घनश्याम भुजेल, दिल बहादुर भुजेल चयन भएका छन् ।











