
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवनको एक केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको छ ।
चितवन निर्वाचन क्षेत्र–२ अन्तर्गत नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच विवाद हुँदा मतदान प्रभावित भएको हो ।
मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भनाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ ।











