Logo
Logo

बारामा ३८ प्रतिशत मत खस्यो


567
Shares

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ मा ३८ प्रतिशत मतदान भएको छ । दिउँसो साढे एक बजेसम्म ३८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

यसक्षेत्रमाको ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएकामा ६५ वटा मतदानस्थल अतिसंवेदनशील र १७ वटा समान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्